सिङ्दी-दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
barnanmedia.com · Mon Jun 02 21:43:39 GMT 2025

गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्ड, क्होलासोथार गाउँपालिका, मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लम्जुङको सिङ्दी हुँदै दूधपोखरी, लम्जुङ एवं मनाङको सिमाना गुरुङ देउराली, हर्पिङडाँडालगायत स्थानलाई पदमार्गका रूपमा समेट्ने गरी खोज तथा अन्वेषण गरिने भएको छ ।
गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि आगामी असार १ गतेसम्म उक्त क्षेत्रमा प्रवर्द्धनात्मक खोज तथा अनुसन्धानात्मक पदयात्रा गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)