ओलीलाई राजनेताबाट बा, ‘बा’बाट झोले बनाउनेहरुका नाममा...
barnanmedia.com · Mon Jun 02 22:03:20 GMT 2025

अहिले नेकपा एमालेका अध्यक्ष एवं देशका प्रधानमन्त्री केपी शर्मा ओलीलाई झोले सावित गर्न एउटा तप्का बेस्सरी लागेको छ । खासगरी उनका सहयोगी मण्डलीले इन्टरनेट प्रविधिको प्रयोग गरी झोले अभियान नै चलाएको छ । शनिबार एउटा कार्यक्रममा ओलीले कुनै सन्दर्भमा आफू एमालेको ‘झोले’ नै भएको भनेर दिएको अभिव्यक्तिपछि उनको सहयोगी मण्डली यसैलाई ‘ब्रान्डिङ’ गर्न लागेको देखिन्छ ।
कुनै बेला ओलीलाई राजनेता मानिन्थ्यो । उनलाई राजनेता भन्न एमालेबाहिरका बौद्धिक तथा आमनागरिकहरु पनि धक मान्दैनथे । उनले त्यो हैसियत बनाउँदा एमालेको साख पनि बढेको थियो । किनभने, उनले संविधान जारी गर्न भरमग्दुर प्रयास गरे । माओवादी आतंककाविरुद्धमा एक्लो बृहस्पति बनेर उभिए । जबकि कृष्ण सिटौलाहरु माओवादीको अराजकता र आतंकलाई कांग्रेसको बीपीवादभन्दा प्यारो गरी संरक्षण र संवर्धन गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)