६० जिल्लामा पुर्याइयो मत्रपत्र, ६ महानगर र भक्तपुरको छपाइ हुँदै
nepallive.com · Mon May 02 00:18:00 GMT 2022
काठमाडौं– स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ। आइतबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको आयोगले जनाएको छ। अब १७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेकोमा केही जिल्लामा सोमबार बिहानै पठाइने आयोगको भनाइ छ।
वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको हो। अब मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर, रामेछाप, सिन्धुली र जनकपुरमा मतपत्र पठाउन बाँकी रहेको आयोगले जनाएको छ। रामेछाप, सिन्धुली र जनकपुरमा आज बिहान पढाइने आयोगको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)