किसानलाई सकस, नेतालाई रमाइलो
ekantipur.com · Sat Jul 01 01:00:53 GMT 2023
चितवन, लुम्बिनी, परासी, ओखलढुंगा र धनगढी — सिँचाइको समस्याका बीच मल–बीउ अभावले बेलामा रोपाइँ गर्न नसक्ने किसानलाई यसपालि लम्पी स्किनको पनि मार परेको छ । महामारीका रूपमा फैलिएको लम्पी स्किनले गोरु धमाधम मर्न थालेपछि सिँचाइ सुविधा भएकै कतिपय ठाउँमा मध्य असारसम्म रोपाइँ हुन सकेको छैन ।
अव्यवस्थित बजारीकरण र प्लटिङका कारण खेतीयोग्य जमिन घट्दै गए पनि यस वर्ष मुलुकभर १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने प्रक्षेपण थियो । बुधबारसम्म १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)