सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा अवरुद्ध हुने
makalukhabar.com · Sun Apr 02 16:21:03 GMT 2023
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो ।
निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट खस्ने भएकाले सडक सञ्चालन गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)