मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

कुवेतमा अलपत्र २५ नेपाली भन्छन्- कुनै पनि बेला लाइसेन्स र सिभिल आईडी खोसिन सक्छ

rajdhanidaily.com · Sun Dec 31 23:32:13 GMT 2023

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेर अलपत्र २५ नेपाली युवाले आफूहरूलाई कुनै पनि बेला ड्राइभिङ लाइसेन्स र सिभिल आईडी खोसेर कम्पनीले कोठाबाट निकाल्न सक्ने भन्दै उद्धारको माग गरेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत कुवेतको तावासेल कम फम कम्पनीमा ३ देखि ५ महिनाअघि पुगेका उनीहरूले यस्तो बताएका हुन् । उनीहरूले सम्झौतानुसार काम र तलब नपाउँदा अलपत्र अवस्थामा रहेका छन् ।

म्यानपावरलाई प्रतिव्यक्ति २ देखि २ लाख ५० हजार रुपैयाँ तिरेर कुवेत पुगेका उनीहरू अहिले भनेनुसारको काम र तलब नपाउँदा समस्यामा परेको केही दिनअघि मात्र खुलासा भएको थियो । उनीहरूले आफूहरू अलपत्र परेको भनेर एक भिडियो सार्वजनिक गरेका थिए । समस्यामा परेको भिडियो बाहिरिएपछि कम्पनीले विभिन्न दबाब दिएकाले आफूहरू यस कम्पनीमा काम गर्न नसक्ने अवस्थामा पुगेको उनीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)