हल्याण्डको ब्याक टू ब्याक ह्याट्रिक, सिटीको फराकिलो जित
pahilopost.com · Thu Sep 01 00:39:17 GMT 2022
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले फरेस्टमाथि ६-० को फराकिलो जित निकालेको हो।
सिटीको जितमा अर्लिङ हल्याण्ड ह्याट्रिक पुरा गर्दा जुलियन अल्भारेजले २ गोल तथा जोआओ क्यान्सेलोले एक गोल गरे। हल्याण्डको यो लगातार दोस्रो ह्याट्रिक हो। यसअघिको खेलमा हल्याण्डले क्रिस्टल प्यालेस विरुद्ध ह्याट्रिक गर्दा सिटीले पुनरागमन जित निकालेको थियो। यसै सिजन बुण्डेसलिगाबाट प्रिमियर लिग पुगेका हल्याण्डले पाँच खेलबाट ९ गोल गर्दै सानदार सुरुवात गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)