मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६० प्रतिशत सिट लिएर तालमेल गर्न कांग्रेसमा दबाब

ekantipur.com · Thu Jun 30 00:46:36 GMT 2022

काठमाडौँ — गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा ‘सम्मानजनक’ सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला कांग्रस नेताहरूले कम्तीमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरूको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ ।

माओवादी र एकीकृत समाजवादीको एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरूबीच गठबन्धन गराउने कसरतमा रहेको चर्चा छ । उनीहरूले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका नेताहरूसँग अनौपचारिक संवाद चलाइरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हालसम्म यही गठबन्धनको पक्षमा छन् तर उनीहरूले पनि पार्टीभित्रका फरक धारलाई सम्हाल्न सिट तालमेललाई रणनीतिक रूपमा उपयोग गर्न सक्ने कांग्रेस नेताहरूको आशंका छ । गठबन्धनलाई अनिवार्य आवश्यकता ठान्दै आएका देउवाले ‘सिट’ मा सम्झौता गर्न सक्ने भन्दै पार्टीका अधिकांश नेताले सय सिटभन्दा तल नझर्न उनलाई सुझाइरहेका छन् । गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टी आन्तरिक कलहमा फसेकाले सिट तालमेलको विषयमा प्रवेश गर्नै सकेको छैन । एकीकृत समाजवादीपछि जसपामा मन्त्री फेरबदलको विषय चर्किएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)