रास्वपाको दबाब अभियान मेलम्चीबाट
ekantipur.com · Sun Feb 04 17:05:38 GMT 2024
सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिन्धुपाल्चोकबाट देशभरका २१ आयोजनामा रास्वपाको दबाब अभियान शुभारम्भ गरेका छन् ।
अभियानको पहिलो दिन मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय बासिन्दाको माग सम्बोधन गर्दै स्थायी रुपमा खानेपानी काठमाडौँ लैजान दबाबमूलक पदयात्राका लागि पार्टीको सम्पूर्ण टिमसहित लामिछानेले मेलम्चीबाट अभियान सुरुवात गरेका हुन् । पार्टीले सांसद सोभिता गौतमको संयोजकत्वमा आज मेलम्ची बजारदेखि खानेपानी मुहान अम्बाथानसम्म पदयात्रा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)