हान्टा भाइरसको जोखिम
gorkhapatraonline.com · Thu May 21 01:48:04 GMT 2026

अप्रिल १ मा अर्जेन्टिनाबाट डच कम्पनीको एमभी होन्डियस नामक जहाज बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु बोकेको क्रुजसिपमा ‘हान्टा भाइरस’को एन्ड्रेस स्टे«न फैलिएपछि दुई जना डचसहित तीन जनाको मृत्यृ, पाँच जना सङ्क्रमित, सिपमै भएका १५० जतिको सुरक्षित अवतरण भयो । विश्वका विभिन्न कुनामा पुगिसकेका यात्रुको र सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ जारी छ । यात्रुलाई स्वास्थ्य संस्थामा सम्पर्कमा आउन र क्वारेन्टाइनमा बस्न विभिन्न सरकारले आह्वान गरिसकेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले समेत जोखिमलाई कम तर सचेतना गम्भीर रूपमा स्टेज चारमा लिँदै अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली अन्तर्गत निगरानी र नियन्त्रण प्रक्रिया सक्रिय बनाएको छ । सङ्गठनले आधिकारिक रूपमा बेलायत, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, सिङ्गापुर र टर्कीलगायत १२ देशलाई सतर्क गराएको छ । जहाजमा अप्रिल ६ देखि लक्षण देखिन थालेको र अप्रिल ११ मा पहिलो पटक मृत्यु भएको थियो । जहाज सञ्चालक कम्पनी ओसनवाइड एक्सपिडिसनका अनुसार गत अप्रिल २४ मा सेन्ट हेलेनामा ३० जना यात्रु ओर्लिएकामा डच महिला जसका श्रीमान्ले जहाजमै देह त्यागेका थिए र पछि उनको समेत मृत्यृ भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)