मुख्यमन्त्री बानियाँको केन्द्र सरकारसँग माग : हेटौँडाका पीडित व्यवसायीको ब्याज मिनाहा
baahrakhari.com · Sat Apr 04 16:45:15 GMT 2026

मकवानपुर।वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडाका व्यवसायीको ब्याज मिनाहा गर्न संघीय सरकारसँग माग गरेका छन् । सडक विस्तार गर्दा पीडित भएका व्यवसायीको ब्याज सरकारले मिनाहा गर्नुपर्ने माग उनले गरेका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघको ५९ औँ वार्षिकोत्सवमा उनले यस्तो माग अघि सारेका हुन् । प्रदेश सरकारलाई बुझाउँदै आएको करमा सहजीकरणको लागि आफू तयार उनले बताए । ''प्रदेश सरकार सहजीकरणको लागि तयार छ । संघीय सरकारले ब्याज मिनाहाका लागि पहल गर्नुपर्यो,'' उनले कार्यक्रममा भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)