देउवाको निष्कर्ष : एमसीसी फिर्ता भए दीर्घकालीन असर
merolifestyle.com · Wed Feb 16 16:24:16 GMT 2022
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार एक्लाएक्लै वार्ता भयो । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवा ले जोड गरिरहँदा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेपछि दुई नेताबीच भेटवार्ता भएको थियो ।
एक्लाएक्लै भएको भेटपछि नेताहरूले आफूहरू निकटका नेताहरूलाई छलफलबारे जानकारी गराएका थिए । प्रचण्ड ले पार्टीमा अधिकांश एमसीसीको बिपक्षमा रहेकाले परिमार्जन नगरी एमसीसी पास गर्न नसक्ने स्थानमा पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)