कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि
nepalnews.com · Sat Apr 04 16:53:32 GMT 2026

पाटन (ललितपुर)
। नेपाली कांग्रेसले ‘जरा अभियान’ र १५औँ महाधिवेशन कार्य प्रारम्भ गर्नका लागि ७७ जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी पार्टी सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी ‘एकमहिने जरा अभियान’ अन्तर्गत केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए । यसरी खटाइएका प्रतिनिधिका लागि आज पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको उनले उल्लेख गरे।“त्यसक्रममा अभियानको उद्देश्यका सम्बन्धमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी गराए, नेपाली कांग्रेसका युवानेता प्रताप पौडेलले पार्टीको विशेष महाधिवेशनबाट पारित गरेको विधान, खटिने प्रतिनिधिको कार्यविधि र प्राविधिक विषयका पक्षमा जानकारी गराएका थिए”, विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)