गुनासो नआउने गरी सेवा दिन अस्पताललाई मुख्यमन्त्री पाण्डेको आग्रह
gorkhapatraonline.com · Thu May 21 01:50:25 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालहरूले बिरामीबाट गुनासो नआउने गरी सेवा दिन आग्रह गर्नुभएको छ । धौलागिरि प्रादेशिक अस्पताल र धौलागिरि आयुर्वेद अस्पतालको स्थलगत निरीक्षणपछि उहाँले अस्पताल व्यवस्थापन तथा चिकित्सकलाई सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।
सेवा प्रवाह राम्रो भए पनि कहिलेकाहीँ अस्पतालमा औषधी नपाएको तथा चिकित्सक अनुपस्थित रहेको जस्ता गुनासा आउने गरेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यस्ता समस्या हटाउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सुरेन्द्र पाण्डे