‘नेपाली भाषा–साहित्य अस्तित्वको संकटमा’
ekantipur.com · Fri Dec 23 01:12:34 GMT 2022
गण्डकी — अर्थशास्त्री अच्युत वाग्लेले नेपाल लिटरेचर फेस्टिभलको विद्वत् प्रवचनमा भने, ‘बेहिचकिचाहट भन्नैपर्छ, नेपाली भाषा र सार्थक नेपाली साहित्य दुवै अस्तित्वको चरम संकटमा छन् ।’ साहित्यकै मेलामा नेपाली साहित्यकै अस्तित्व मेटिन लागेको विरोधाभासतर्फ उनले इंगित गरे ।
‘लोकगीतका देउडा, कौडा, हुड्का, टप्पा अथवा रोधी र ख्यालीका गेडीबीचको फरक खुट्याउन अहिलेको कति प्रतिशत सुपठित भनिएको युवा पुस्ता सक्षम होला र चासो राख्ला ?’ उनको प्रश्न थियो, ‘सारंगी गितारबाट प्रभावित वाद्ययन्त्र हो कि पूर्णतः मौलिक हो ? नेपाली संस्कृति र सभ्यताका यी तत्त्वहरूमाथि वर्तमान र भविष्यको पुस्ताले गर्व गरेको छ कि बेवास्ता ?’ यी प्रश्न राख्दै गर्दा नेपाली साहित्यको औचित्य पनि क्षयोन्मुख रहेको उनको चिन्ता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)