जाहा टर्कीमा
ekantipur.com · Wed Jul 26 00:57:08 GMT 2023
इस्तानबुल — गालातासरेले विल्फ्रिड जाहालाई १ करोड ७० लाख डलरमा प्रिमियर लिगका क्लब क्रिस्टिल प्यालेसबाट भित्र्याएको छ । टर्किस च्याम्पियन टोलीबाट ३० वर्षे उनले वार्षिक ४३ लाख ५० हजार डलर पारिश्रमिक पाउनेछन् । लन्डनको क्लबले भने टर्की जानुअगाडि उनलाई साताको २ लाख पाउन्ड प्रस्ताव गरेको जनाइएको छ ।
१२ वर्षको उमेरमा उनी प्यालेसमा अनुबन्ध भएका थिए । सन् २०१० मा व्यावसायिक ‘डेब्यु’ गरेका उनले प्यालेसबाट ४ सय ५८ खेलमा ९० गोल गरेका थिए । सन् २०१३ मा म्यानचेस्टर युनाइटेडले १ करोड पाउन्डमा अनुबन्ध गरेपछि उनी चर्चामा आएका थिए । तर, ओल्ड ट्राफोर्डमा उनी खुसी हुन सकेनन् र अर्को वर्ष नै लोनमा कार्डिफ सिटी पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)