विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरीः सभापति लामिछाने
lokaantar.com
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरी रहेको बताएका छन्। आज चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको आज स्थलगत निरीक्षणपछि उनले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राखे । उनले कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुने बताए ।
ठिमुरा पुल बन्न १० वर्ष लाग्नु लज्जाको विषय भएको बताउँदै उनले यसबारे आफूले खबरदारी गर्दै आएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)