मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेसँग भागबन्डाको प्रस्तावले गठबन्धनमा शंका

ekantipur.com · Fri Jan 05 01:26:01 GMT 2024

काठमाडौँ — सत्ता र प्रमुख प्रतिपक्षबीचको ‘लक्ष्मणरेखा’ नाघ्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने १९ सिटमा एमालेलाई समेत भागबन्डा छुट्याउन तयार भएपछि त्यसले सत्ता गठबन्धनभित्रै संशय पैदा गराएको छ ।

राष्ट्रिय सभा सदस्यमा भागबन्डा दिने गरी दाहाल र देउवाले ल्याएको प्रस्तावलाई गठबन्धनकै दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले स्वीकार गरेका छैनन् । सत्ता घटक ४ दलको बिहीबार बिहान बसेको बैठकमा एमालेबाट ६ सिटको प्रस्ताव आएको जानकारी प्रधानमन्त्री दाहालले गराउनासाथ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विरोध गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)