डेनमार्कमा ‘लेप्मुहाङ’ र ‘फर्केर पूर्व’विमोचित
ekantipur.com · Sun Sep 04 16:56:28 GMT 2022
काठमाडौँ — डेनमार्कमा रहेका नेपाली साहित्यप्रेमीमाझ कवि प्रकाश आङ्दम्बेको अंग्रेजी भाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र थुक्तेन ड्रुक्पाको ‘फर्केर पूर्व’ गजल कृतिको विमोचन भएको छ ।
लिम्बु जातिको मिथकीय पात्र‘लेप्मुहाङ’को कथावस्तुमा आधारित आङ्दम्बेको नाट्यकृतिमा आजको विकृत समय र समाजको बयान छ । वर्तमान संसारको सृष्टिकर्ता मानिने ‘लेप्मुहाङ’ स्वयं आजको विकृत समाजमा सुधार र परिवर्तनका लागि आए पनि स्थिति सम्हाल्न नसकिने बनेको कथा यो कृतिमा छ,’लेखकआङ्दम्बेले भने । डेनमार्कस्थित एसोसिएसन अफ भुटनिज कम्युनिटी र अन्तर्राष्ट्रिय साहित्य समाज, डेनमार्क च्याप्टरको आयोजनामा शनिबार आयोजित कार्यक्रममा गजलकार थुक्तेनले ‘फर्केर पूर्व’भित्रका गजल आफूले ज्ञान र भाषाको पकडभन्दा हृदयको आवाजका भरमा लेखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)