हुस्सु र कुहिरोले सडक यातायात तथा हवाई सेवा प्रभावित हुनसक्ने
baahrakhari.com · Tue Jan 03 00:39:00 GMT 2023
काठमाडौं । देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)