मनरा सिसवामा साक्षर पालिका घोषणाका लागि अभियान सुरु
gorkhapatraonline.com · Fri Jun 05 05:19:48 GMT 2026

महोत्तरीको मनरा सिसवा नगरपालिकाले एक महिनाभित्र नगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यसहित साक्षरता अभियान सञ्चालन गरेको छ। चालु आर्थिक वर्षभित्र पालिकालाई साक्षर घोषणा गर्ने उद्देश्यसहित जेठ १५ देखि असार १५ गतेसम्म अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख मोहन पाण्डेयले १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकलाई लक्षित गरी अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अभियानलाई प्रभावकारी बनाउन स्थानीय सामुदायिक विद्यालयका शिक्षकहरूलाई परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)