मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

गाउँ नै भूमाफियाको कब्जामा परेपछि ...

annapurnapost.com · Tue Aug 29 00:52:08 GMT 2023

काठमाडौं : महोत्तरीको भंगहा— ४ बनरा टोललाई बीचबाटै चिरेर गएको छ बर्दिबास—रौजा—जलेश्वर सडक। सडकको वरिपरि फैलिएको छ थारूटोल बनरा। जहाँ थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको १ सय ८७ घरपरिवार बस्छन्। उनीहरूको पाँच पुस्ताले यहीँ जीवन बिताए। तर, अहिले आएर उनीहरू भूमाफियाको कारण लालपुर्जाविहीन बनेका छन्। गाउँ नै अर्कैको नाममा दर्ता भएको छ।

गाउँलले घर बनाएको र खेती गर्दै आएको झन्डै ४५ बिघा जग्गा बाहिरका व्यक्तिहरूको नाममा लालपुर्जा रहेको स्थानीय नेता मुकुन्द दाहाल बताउँछन्। यो थाहा पाएपछि पीडितहरू सरकार गुहार्न काठमाडौं आएका छन्। माइतीघर मण्डलामा आन्दोलन थालेका छन्। सोमबार पीडितहरूले उपप्रधान तथा गृहमन्त्रीलाई पनि भेटेर घटनाको विषयमा जानकारी गराए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)