मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यो साता यी राशिहरूका लागि लाभको संकेत

ratopati.com · Sat Jun 13 21:35:32 GMT 2026

जेठ ३१ गते आइतबारदेखि असार ६ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । सापटी दिइएका रकमहरू फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको भरपुर सहयोग पाइनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धिमूलक यात्रा हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । अध्ययन वा खेलकुदमा चासो बढ्ने वा समय व्यातित हुनेछ । बुधबार मध्यान्हबाट शुक्रबार बिहानसम्मको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)