पीपीए खुलाउने निर्णयप्रति इप्पानको स्वागत
ekantipur.com · Tue Feb 14 01:21:15 GMT 2023
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले विद्युत् खरिद सम्झौता (पीपीए) खुलाए पनि बजारको उचित व्यवस्था नहुँदा निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । गत बिहीबार प्राधिकरणको बोर्ड बैठकले १५ सय मेगावाटसम्मको पीपीए खुलाउने निर्णय गरेको थियो । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले पीपीए सम्झौता बन्द गरेका थिए । त्यसपछि आएकी ऊर्जामन्त्री पम्फा भुसालले पनि पीपीए खोलिनन् । यसरी करिब चार वर्षसम्म बन्द रहेको पीपीए खुलेपछि व्यवसायी खसी भएका हुन् ।
उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको पहलमा पीपीए खोल्ने निर्णयको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले स्वागत गरेको छ । यसका लागि इप्पानले मन्त्री लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहको भूमिका महत्त्वपूर्ण रहेको इप्पानको भनाइ छ । निजी क्षेत्रले लामो समयदेखि दबाब दिएको र मन्त्रीको प्रयासबाट पीपीए खुलेकामा जलविद्युत् विकासमा सकारात्मक सन्देश प्रवाह भएको इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)