मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी पदाधिकारीलाई श्रेष्ठले सम्झाए चार कार्यभार

ratopati.com

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार चयन गरिएका पार्टीका पदाधिकारीहरूलाई चारवटा कार्यभार स्मरण गराएका छन् । ती कार्यभार पुरा गर्न सक्ने वा नसक्ने कुराले पदाधिकारीहरूको सफलता वा असफलता निर्धारण गर्ने नेता श्रेष्ठको भनाइ छ ।

सामाजिक सञ्जालमा लेख्दै उनले कार्यभार पुरा गर्नको निम्ति आम रूपमा नेपाली राजनीतिमा देखा परेको विकृति एवं प्रष्टिकरण(आदर्श, विचार ,सिद्धान्त , देश तथा जनताको हित केन्द्रित लक्ष्य ,मूल्य ,नैतिकताको डरलाग्दो ह्रासको वेगलाई रोक्न र फेर्न जरुरी रहेको कुरा पनि औँल्याएका छन् । उनी भन्छन् , ‘हाम्रो पार्टीको रूपान्तरणको सम्भावना छ किनकि यो सम्भावनाको आधार हामी भित्र छ । तर त्यसको सर्त हो ,हामी आफै आफ्नो निष्कर्ष प्रति इमानदार भएर रूपान्तरित हुन तयार हुनुपर्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)