डर, चिन्ता र नैराश्यताले मानसिक समस्या बढाएको छ
karobardaily.com · Wed May 26 00:16:32 GMT 2021
काठमाडौंमा जन्मिएकी डा. करुणा कुँवर विष्ट सफल मनोविद्का रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएकी छन् । सरल र मिजासिली स्वभावकी कुँवर झन्डै दुई दशकदेखि यस क्षेत्रमा कार्यरत छिन् । पछिल्लो समय विदेशमा मात्रै भविष्य देख्नेहरूको संख्या बढिरहेका बेला नेपालमा नै केही गर्नुपर्छ र केही गर्न सकिन्छ भनेर यहीं सुनौलो भविष्यको सपना देख्ने थोरैमध्ये उनी पनि एक हुन् । छोरीहरू पनि प्रतिष्ठित क्षेत्रमा सक्रिय रहेर आफ्नो छविलाई उचाइ दिन सफल हुन्छन् भन्ने गतिलो उदाहरण पनि हुन् डा. कुँवर। चीनको वुहानबाट सुरु भएर अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणले निम्त्याएको स्वास्थ्य संकटमा हामी गुज्रिएका छौं । कतिले प्रियजन गुमाउनुपरेको छ । कति आफन्तहरू अहिले पनि जीवन र मरणको दोसाँधमा छटपटिएका छन् । कैयौंको रोजगारी गुमेको छ । स्वास्थ्य संकटसँगै आर्थिक समस्या पनि उस्तै छ । यिनै समस्याहरूले मानसिक तनाव बढाइरहेको छ । कोभिडको डर, चिन्ता र नैराश्यताले मानसिक समस्या बढाएको भन्दै समयमा नै संयमता अपनाउन सुझाव दिन्छिन् डा. कुँवर । मानसिक समस्याबाट बच्न सबैलाई सकारात्मक सोच्न, अनावश्यक चिन्ता नलिन सुझाव दिएकी छन् । यसै सन्दर्भमा कोभिडका कारण देखिएको मानसिक समस्याको अवस्था, रोकथामको उपाय, भावी दिनका चुनौतीलगायतका विषयमा केन्द्रित रहेर कारोबारकर्मी
प्रगति ढकाल
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)