सिटीलाई झस्काउने आर्सनलको आस
ekantipur.com · Sun Aug 06 01:17:44 GMT 2023
लन्डन — गत सिजन तेहेरो उपाधि जितेको म्यानचेस्टर सिटीसँग आइतबार कम्युनिटी सिल्डमा खेल्दा मिकेल अर्टेटाले प्रिमियर लिग फुटबलको सिजन सुरु हुनुअघि ठूलो खर्च गरिरहेको आर्सनलको चुनौती पस्कने छन् ।
गत सिजनमा उपाधि दौडबाट नाटकीय पतन भएर उपाधि गुमाउनुपरेको पीडा अर्टेटाको टोलीले सिटीसँग बदला लिएर पूरा गर्ने दाउमा छ । इंग्ल्यान्डका मिडफिल्डर डेक्लन राइस, जर्मनीका फरवार्ड काइ हाभेर्टज र डच रक्षक जुरिइन टिम्बर भित्र्याउन २० करोड पाउन्ड खर्च गरिसकेको आर्सनलसामु पछिल्ला तीन सिजन प्रिमियर लिगमा जित्दै आएको सिटीविरुद्ध आफू उपाधिलाई सक्षम रहेको देखाउने अवसर छ । आर्सनललाई ५ अंकले उछिन्दै पेप ग्वार्डिओलाको सिटीले गत सिजन उपाधि जितेको थियो । जबकि त्यही आर्सनल अप्रिलसम्म ८ अंकले अगाडि थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)