लेस्टर सिटीलाई हराउँदै आर्सनल शीर्ष चारमा
nepalipatra.com · Mon Mar 14 06:04:33 GMT 2022
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो ।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको ११ औं मिनेटमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । आर्सनलका थोमस पार्टेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका हुन् । खेलको पहिलो हाफसम्म आर्सनल १-० गोलले अघि रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)