मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कामपाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

barnanmedia.com · Thu Apr 03 21:42:04 GMT 2025

काठमाडौँ, २२ चैत : काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ ।

बिहीबार कामपाको उपप्रमुख एवं अनुगमन संयोजक सुनिता डङ्गोलले थापाथलीस्थित प्रसूतिगृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य वस्तुका नमूना सङ्कलन तथा परीक्षण कार्यको शुभारम्भ गर्नुभएको हो । त्यस क्रममा संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाको स्थलगत परीक्षण विश्लेषण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)