विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित
shilapatra.com · Tue Oct 10 00:30:00 GMT 2023
न्युजिल्यान्डले विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भारतको हैदरावादस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा न्युजिल्यान्डले नेदरल्यान्डाई ९९ रनले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड २२३ रनमा अलआउट भयो । न्युजिल्यान्डका लागि मिचेल सेन्टेनरले ५ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)