अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
ratopati.com · Sat Jun 13 21:47:19 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच जारी युद्ध अन्त्यका लागि आइतबार ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन् । यद्यपि, इरानले भने सम्झौताको समयलाई लिएर सावधानी र सन्देह व्यक्त गरेको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्झौता लगत्तै विश्वको प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ सबैका लागि खुला हुने जानकारी दिएका छन् । उनले इरानको संवर्द्धित युरेनियम (न्युक्लियर डस्ट) लाई उपयुक्त समयमा नियन्त्रणमा लिएर नष्ट गरिने समेत बताएका छन् । ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि कुराहरू छिटो र सहज रूपमा अघि बढेनन् भने वासिङ्टनसँग अन्तिम विकल्प तयार छ, जुन आशा छ फेरि कहिल्यै प्रयोग गर्नु पर्ने छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)