मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

शिक्षामा अधिकार बाँडफाँट

gorkhapatraonline.com · Sun Jul 10 00:38:30 GMT 2022

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको कुन वडामा के समस्या छ भन्ने कुरा काठमाडौँमा बसेर शासन गर्नेलाई भन्दा बढी त्यहीँका गाउँपालिकाका अध्यक्षलाई थाहा हुन्छ । कास्कीको मादी गाउँपालिकाको वडा ९ को गोर्जे गाउँमा खानेपानीको समस्या छ कि बिजुलीको भन्ने विषयमा राजधानीमा बसेर मन्त्रालय हाँक्ने मन्त्रीहरूलाई भन्दा बढी त्यहीँको वडाध्यक्षलाई जानकारी हुन्छ । हुम्लाको कुन पालिकामा के समस्या छ र समाधानका लागि के गर्नुुपर्छ भन्नेबारे तत् तत् पालिकाका अध्यक्ष वा प्रमुखलाई नै जिम्मा दिएमा उपयुक्त मार्ग पहिल्याउन सजिलो हुन्छ । यही अवधारणा बोकेर सङ्घका भन्दा बढी प्रदेशका र प्रदेशका भन्दा बढी स्थानीय तहका सरकार आआफ्ना सन्दर्भमा बढी क्रियाशील हुन सक्छन् भन्ने मान्यताका साथ सङ्घीयता ल्याइएको हो ।

त्यसैगरी कुन पालिकामा कुन मातृभाषी अधिक छन् ? कस्तो पाठ्यपुस्तक पढाएमा विद्यार्थीले सहजै बुझ्न सक्छन् ? पालिकाअन्तर्गत रहेका कुन–कुन भाषा, संस्कृति र परम्पराको संरक्षण संवद्र्धन गर्न जरुरी छ ? पाठ्यक्रममा के–के विषय समावेश गर्दा त्यहाँका मौलिक परम्पराको जगेर्ना हुन सकिन्छ जस्ता विषयबारे केन्द्र सरकारभन्दा बढी संवेदनशील स्थानीय सरकार नै हुन सक्छन् भन्ने अवधारणाअनुरूप नेपालको वर्तमान संविधानले आधारभूत र माध्यमिक शिक्षालाई स्थानीय तहको सरकारअन्तर्गत राखेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)