मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बीओके–रोडहाउस क्याफे पोखरा सम्झौता

abhiyandaily.com

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) र पोखरामा रहेको रोडहाउस क्याफेबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोडहाउस क्याफेले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत छुट दिनेछ । सम्झौतापछि ग्राहकले रोडहाउस क्याफेमा उपलब्ध हुने सबै सेवामा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । छुट उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हाल बैंकले ९७ शाखा, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)