मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चालू पुँजी कर्जा मार्गदर्शन लचिलो बनाइँदै

nayapatrikadaily.com · Tue Jan 03 00:51:00 GMT 2023

कर्जाको दुरुपयोग भन्दै जारी भएको चालू पुँजी कर्जा मार्गदर्शनमा केही लचिलो बन्ने संकेत राष्ट्र बैंकले गरेको छ । अल्पकालीन कर्जा रकम जथाभावी लगानी गर्ने प्रवृत्तिमाथि लगाम लगाउन ७ भदौमा राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन जारी गरेको थियो । तर, निजी क्षेत्रले व्यावसायिक मन्दीको कारण देखाउँदै मागर्दर्शन दुई वर्षपछि धकेल्नुपर्ने माग राख्दै आएका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यसमा सकारात्मक भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘नयाँ ऋणीको हकमा कायम राख्ने, तर पुरानाहरूका लागि भने तत्काल लागू नगर्ने विषयमा गभर्नर मौखिक रूपमा सहमत हुनुभएको छ । अब हेरौँ, व्यवहारमा के हुन्छ ?’ सोमबार गभर्नर अधिकारीले चालू पुँजी कर्जा मार्गदर्शन स्थगनमा लचक बन्ने आश्वासन दिएको निजी क्षेत्रको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)