मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हावाहुरीको जोखिम : रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

barnanmedia.com · Sat Apr 04 22:21:06 GMT 2026

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रशासनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत एक सूचना जारी गरी तराईका भू–भागहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो। विशेषगरी रातिको समयमा मधेश प्रदेशका रौतहट, बारा, सर्लाही र महोत्तरी तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)