मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला एसिया कपमा भारतको विजयी सुरुवात, आज पाकिस्तानसँग भिड्दै नेपाल

barnanmedia.com · Sat Jul 20 23:39:46 UTC 2024

महिला एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछ्याएको भारतले १४.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो । शुक्रबार नै सम्पन्न समूहअन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक विजयी सुरुवात गरेको थियो । नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)