मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिराहामा ब्रउनसुगर सहित ३ जना पक्राउ

ratopati.com · Thu May 21 02:20:46 GMT 2026

सिराहा । सिराहा प्रहरीले २६ ग्रामभन्दा बढी प्रतिबन्धित लागूपदार्थसहित ३ जनालाई पक्राउ गरेको छ। सिराहा–चोहर्वा सहायक सडक अन्तर्गत विष्णुपुर गाउँपालिका १ बाट जिल्लाकै औरही गाउँपालिका ४ का ३२ वर्षीय रामउदगार यादव, सिराहा नगरपालिका २२ का ३६ वर्षीय राम बिलेक्षण यादव र भारत विहारको मधुवनी ग्राम पञ्चायत खाजेडी ५ का अन्दाजी २१ वर्षीय चन्दन कामतीलाई २६ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सिराहाबाट काठमाडौँ जाँदै गरेको बा।प्र।०३–००१ ख ३५३७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा रामउदगार यादवको साथबाट उक्त लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)