रेलमार्ग नेपाललाई हस्तान्तरण
annapurnapost.com · Sat Oct 23 06:32:00 GMT 2021
काठमाडौं : जयनगर–कुर्था (जनकपुर) को विस्तारित रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गरेको छ। भारतले सन् २०१४ बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो।
शुक्रबार आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई रेलमार्ग हस्तान्तरण गरे। भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेसनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)