पारिजातको पर्याय
annapurnapost.com · Sat Jan 14 01:13:00 GMT 2023
नेपाली साहित्यमा साहित्यकार पारिजातका विविध विधाका अनेकौं कृति प्रकाशित छन्। पारिजात तथा उनका लेखरचनामाथि अनेकौं लेखरचना/समालोचना लेखिएका छन्। उनको नाममा विशेषांकहरू प्रकाशित छन्। ती सबैले पारिजातको जीवन, उनको सोच, उनको जीवनको उतारचढाव एवं उनी बाँचेको दैनन्दिनी र उनले बाँचेको समयको दृश्यचित्रमा उनले बनाएको उनको ठाउँ बुझ्नलाई धेरथोर मद्दत गर्छन्। अहिले पछिल्लोपटक साहित्यकार गोविन्द गिरी प्रेरणाले ‘सुश्री पारिजात’ नाममा पारिजातको जीवनी लेखेका छन्। यस बृहत् आकारको जीवनीकृतिलाई फाइनप्रिन्ट प्रकाशनले प्रकाशन गरेर बजारमा ल्याएको छ।
यस पुस्तकलाई गोविन्दले १३ खण्डमा विभाजन गरेका छन्। उनले यी खण्डहरूमा छेकुडोल्मादेखि विष्णुकुमारी वाइवाकालकी पारिजात, पारिजातको दार्जिलिङबाट काठमाडौं आगमन तथा काठमाडौंमा उनका सुरुआती दिनहरू छन्। यस्तै, उनका संघर्षपूर्ण दिनहरू तथा स्वआश्रयतिरको यात्रा, नेपाली साहित्यमा राल्फा युगको प्रारम्भ उत्कर्ष एवं विसर्जन, पारिजातको कथायात्रा, पारिजातमाथि लागेका आरोपहरू तथा तिनमा उनका प्रतिक्रिया छन्। पारिजातको प्रगतिवादतिरको यात्रा तथा प्रगतिवादी लेखन, उनको राजनीतिमा संलग्नता एवं राजनीतिसँगको वितृष्णा, पारिजातले गरेका सम्पादन, अनुवाद तथा स्तम्भ लेखनका कामहरू पनि यसमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)