मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पेबिना फितलो पीएसजी

ekantipur.com · Wed Jul 26 00:48:55 GMT 2023

ओसाका — लियोनल मेसी, केलियन एमबाप्पे र नेयमर । यो गत वर्ष जापान आउदा पेरिस सेन्ट जर्मेन (पीएसजी) को अग्रपंक्तिको लाइनअप थियो । तर यसपटक यी तीनै खेलाडी पीएसजीको टोलीमा थिएनन् ।

नतिजा पीएसजीले जापान भ्रमणको पहिलो खेलमा मंगलबार ओसाकामा क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासरसँग गोलरहित बराबरी नतिजामात्र निकाल्न सकेको छ । यसले स्थानीय प्रशंसकलाई पनि निरास बनाएको छ । पीएसजी र अल नासरको खेल हेर्न २५ हजार ४ सय ३२ दर्शक थिए, जुन मध्यम उपस्थितिमात्र हो । उनीहरूलाई पहिलो हाफमा रोनाल्डोको खेलले मात्र केही मनोरञ्जन दिएको थियो, नत्र खेल फिक्का थियो । उनको एक प्रहारलाई पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुमाले रोकेका थिए भने अर्को एउटा एक्रोब्याटिक प्रहार पोस्टको केही छेउबाट बाहिरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)