मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप : प्रोफेशनल–एमेच्योरको उपाधि पूर्ण शर्माको टोलीलाई

abhiyandaily.com

काठमाडौं (अस) । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपमा प्रोफेशनल–एमेच्योर (प्रो–एएमए)को उपाधि पूर्ण शर्माको टोलीले जितेको छ । आइतवार गोकर्ण गल्फ क्लबमा आयोजित ७२ पारको सो खेलमा प्रो शर्मा एमेच्योर महेन्द्र फगामी, समीर आचार्य र कश्मिरा शाहको टोलीले १५३ अंकसहित उपाधि जितेको हो । प्रतियोगितामा पूर्णले ४४ अंक, महेन्द्रले ३८ अंक, समीरले ३६ अंक र कश्मिराले ३५ अंक बटुलेका थिए ।

प्रो सञ्जय लामाको टोलीले भने १४२ अंकसहित दोस्रो स्थान प्राप्त गर्‍यो । टोलीमा सञ्जय लामाले ३८ अंक बनाउँदा, एमेच्योर विकास शाहले ३५, बाबु शेर्पाले ३५ र कर्णेल प्रताप बोहराले ३४ बनाए । प्रो रवि खड्काको टोलीमा खड्काले ३८ अंक बनाउँदा एमेच्योरहरू आङ डेन्डी शेर्पाले ३४, चन्द्र लिम्बुले ३४ र किशोर बस्तेतले ३० अंकसहित १४० अंक जोडेर तेस्रो स्थान प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)