भर्ना ३०३ विद्यार्थी, आउँछन् ३० मात्र
nayapatrikadaily.com · Sun Dec 10 00:23:00 GMT 2023
सिराहाको तिलेश्वरी आधारभूत विद्यालयमा भर्ना भएका दलित समुदायका विद्यार्थी कहिले भोज, मेला त कहिले खेताला जानुपर्ने भएकाले अधिकांश समय हुँदैनन् उपस्थित
सिराहा नगरपालिका– ४ खिरौनामा रहेको तिलेश्वरी आधारभूत विद्यालयमा तीन सय तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको हाजिरी रजिस्टरमा बालकक्षादेखि कक्षा ५ सम्म तीन सय पाँचजना भर्ना भएको उल्लेख छ । तर, विद्यालयको रजिस्टरमा उल्लेख भएका बालबालिकाको १० प्रतिशत मात्र नियमित पठनपाठन गर्न विद्यालय आउने गरेका छन् । गाउँमा कहिले भोज त कहिले धान काट्न खेताला बस्नुपर्ने भएकाले धेरैजसो नआउने गरेको शिक्षकहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)