मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाबालिकालाई ‘सहमतिमा पनि बलात्कार’

ekantipur.com · Sat Mar 05 00:58:03 GMT 2022

दमौली — बाँसको खाँबो गाडेर जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिरपट्टि डोरी टाँगिएको छ । युट्युबर फर्किएपछि दमौलीमा प्रहरी कार्यालयको पारिपट्टि रहेको न्यु मार्फाली होटल एन्ड लज सुनसानजस्तै छ । प्रहरी कार्यालयबाहिर बलात्कार आरोपितको पक्षमा नाराबाजी गर्ने कथित अभियन्ता छैनन् ।

नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा कलाकार पूर्णविक्रम शाह (पल शाह) दमौलीको हिरासतमा आइतबारदेखि थुनामा छन् । उनी थुनिएदेखि दमौलीमा भीड जम्मा भयो । काठमाडौंदेखि आएका युट्युबर र अभियन्ता बास बस्दा प्रहरी कार्यालयवरपरका होटल र रेस्टुरेन्टले ४–५ दिन राम्रै व्यापार गरे । बिहीबार उनीहरू फर्किएपछि भने प्रहरी कार्यालयवरपर सुनसान देखियो । शुक्रबार काठमाडौंबाट एक युवतीमात्रै शाहलाई भेट्न आइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)