कर्णालीमा दलित समुदायका ऊर्जाशील वडाध्यक्षहरू
ekantipur.com · Sat Jul 20 23:57:49 UTC 2024

जुम्ला — चुनावमा गरिएका वाचा पूरा गर्ने गरी जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर सुनार कार्यक्षेत्रमा खटिरहेका हुन्छन् । स्वतन्त्रबाट उठेर निर्वाचित सुनारले एकीकृत समाजवादीका कप्तान भण्डारीलाई ८८ मतले पराजित गरेका हुन् । वडामा सुनारसँगै अर्का एक दलित सदस्य पनि प्रत्यक्ष निर्वाचित भएका छन् ।
धनबहादुरको जितको मुख्य आधार लामो समयदेखिको सामाजिक काममा सक्रियता थियो । ‘चुनावताका टिकट दिन कुनै पनि पार्टीले पत्याएनन् तर मतदाताले भोट हालेर पत्याइदिए । अहिले मतदाताको आवश्यकता र मागलाई सम्बोधन गर्न रातोदिन लागिपरेको छु,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)