२८ लाखको कागती बागवानी : सुख्खा डाँडोमा परिणत
nepallive.com · Thu Jan 26 01:05:00 GMT 2023
गुल्मी– सरकारी रकमको दुरुपयोग हुने गरेका घटना बेलाबेला सार्वजनिक भइरहन्छन्। यी घटना हाम्रो देशका लागि नौलो विषय होइनन्। सरकारले दिएको अनुदानलाई व्यक्तिगतझै सम्झेर खल्ती भर्ने प्रवृत्तिले नागरिकले तिरेको करको दुरुपयोग मात्रै भएको छैन, सरकारप्रति नागरिकको वितृष्णा समेत पैदा भएको छ। यसैको एउटा उदाहरण हो, गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङ ढुंगेदेउरालीस्थित कागती बागवानी।
ढुंगेनी जमिन भएकाले त्यस क्षेत्रको नामै ढुंगेदेउराली राखिएको छ। ढुंगेनी जमिन भएका कारण त्यस ठाउँमा न मलको अपेक्षा गर्न सकिन्छ न त जलको नै। तर, पनि पनि यही ठाउँलाई बागवानी बनाउने प्रस्तावमा प्रदेश र स्थानीय सरकारले पैसा खन्याए। अहिले उक्त बागवानी सुख्खा डाँडोमा परिणत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)