मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चर्च ब्वाइज ४ अंकले अगाडि

ekantipur.com · Sat May 20 00:10:58 GMT 2023

काठमाडौँ — नाटकीय पतनको सिकार भएन भने सम्भवतः चर्च ब्वाइजलाई डेब्युकै वर्ष माथिल्लो डिभिजनको उपाधि जित्नबाट रोक्न गाह्रै हुनेछ । टोलीले सहिद स्मारक लिग ‘ए’ डिभिजनको शीर्षस्थानमा शुक्रबार ४ अंकको अग्रता बनाएको छ । यसका लागि दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले पुलिसलाई १–० ले हराएको थियो ।

निर्णायक गोल मिलन राईको नाममा रह्यो । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे । यसका लागि उनले कमल श्रेष्ठको कर्नरमा हेड गर्दै उत्कृष्ट गोल गरे । जितपछि चर्च ब्वाइजको ३६ अंक भएको छ । पुलिस भने २२ अंकमै सीमित रहेर दसौं स्थानमा रह्यो । हारले फेरि एकपल्ट पुलिसमाथि रेलिगेसन दबाब परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)