युनाइटेड गोल्डकप : कावासोती विजयी
ekantipur.com · Sat Aug 31 16:39:01 UTC 2024
पूर्वी नवलपरासी — गिरुबारीमा भइरहेको युनाइटेड गोल्डकप फुटबलमा शनिबार कावासोती वातासिनोले हरियाली क्लब रजहरलाई ७–१ ले हराएको छ । कावासोतीबाट सन्दीप मल्ल एक्लैले ४ गोल गरेका थिए ।
कावासोतीले पहिलो हाफमा २ र दोस्रोमा ५ गोल गरेको हो । आइतबार रड्स रामपुर चितवनविरुद्ध नवज्योति युवा क्लब हसौराले प्रतिस्पर्धा गर्नेछ । विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल भदौ २९ मा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)