मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पार्किङ सशुल्क कि निःशुल्क ?

ekantipur.com · Thu Feb 08 00:49:36 GMT 2024

नेपालमा अन्धाधुन्ध तरिकाले सवारीसाधन आयात भइरहेको छ । काठमाडौंलगायत मुलुकका सहरबजारमा पार्किङको सुविधा नहुँदा समस्या छ । घना बस्ती भएका ठाउँमा जताततै सवारीसाधन रोकेको देखिन्छ । पछिल्लो समय मानिसको व्यस्तता बढेसँगै एउटै परिवारभित्र व्यक्तिपिच्छे सवारीसाधन राख्ने प्रचलन बढिरहेको छ ।

खासगरी मानिसको चाप थामिनसक्ने गरी बढेको काठमाडौं महानगरपालिकालाई पार्किङको व्यवस्था मिलाउनु फलामको चिउरा चपाउनुसरह बनेको छ । यसैबीच महानगरले जनतालाई विशेष सुविधा दिने उद्देश्य राखेर राजधानीका संवेदनशील स्थानहरूमा निःशुल्क पार्किङको व्यवस्था गरी प्रशंसा बटुल्न खोज्दा आलोचना गर्नेहरू पनि उत्तिकै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)