मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

छठ पर्वकाे महत्वपूर्ण दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै (भिडियाेसहित)

kendrabindu.com · Wed Nov 10 00:42:15 GMT 2021

छठ पर्वको आज बुधबार तेस्रो दिन। आजको दिनलाई छठ भनिन्छ। यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन्। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ।

आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्दछन्। अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ्य चढाउन रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)