‘७६ वर्ष इतिहास भएको पुस्तकालय बन्द, सञ्चालनमा छैन चासो’
ratopati.com · Sat Aug 31 17:08:00 UTC 2024

टक्सार । भोजपुर सदरमुकाममा रहेको श्रीराम अमर सहिद पुस्तकालय बन्द भएको नौ वर्ष भइसकेको छ । सञ्चालक समितिले विसं २०७२ को ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त भएकाले पुस्तकालय सञ्चालन गर्न नसकेको गुनासो गरिरहेको छ । मर्मतसम्भारका लागि आर्थिक अभाव हुँदा नौ वर्ष बित्दा पनि पुस्तकालय सञ्चालनका गर्न नसकिएको समितिले जनाएको छ ।
तत्कालीन मेजर जरनल मृगेन्द्र शम्शेर जङ्गबहादुर राणाबाट विसं २००५ मा अनुमति प्राप्त गरी स्थापित यो पुस्तकालय आफैँमा महत्वपूर्ण छ । राणा शासनकालमा स्थानीय युवाहरू नारदमणि थुलुङ, विचारी चन्द्रप्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायतले पुस्तकालय स्थापनामा योगदान गरेको अभिलेखमा भेटिन्छ । महत्वपूर्ण इतिहास बोकेको पुस्तकालय संरक्षणको अभावमा हाल यहाँ सङ्ग्रह गरिएका धेरै पुस्तकहरू नष्ट हुने अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)